Health TV Online
Health TV Online
Health TV Online

नेपालमा अहिलेसम्म १८ लाख भन्दा बढी पीसीआर परीक्षण

२ लाख ४४ हजार ४३३ जनामा संक्रमण, १६५१ जनाको मृत्यु

नेपालमा अहिलेसम्म १८ लाख भन्दा बढी पीसीआर परीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म १८ लाख बढी पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा १८ लाख ५ हजार ९७२ जनाको पीसीर परीक्षण भएको छ । यी मध्ये २ लाख ४४ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैगरी देशभर १६५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेको छ भने मृत्यु दर शुन्य दशमलब ६८ प्रतिशत रहेको छ ।

हाल देश भर १२ हजार २४५ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा हालसम्म ७९ वटा प्रयोगशालाबाट कोरोनाको पीसीआर परीक्षण हुँदै आएको छ । यी मध्ये ४५ वटा सरकारी र ३४ वटा नीजि प्रयोगशाला रहेका छन्।

मन्त्रालयका अनुसार देशभर ३३० जना कोरोना संक्रमित आईसीयूमा र ५७ जना भेनिटलेटरमा रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार