बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङले गरे प्लाज्मा दान
हेल्थ टिभी अनलाइन \ बाँके : बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) राम बहादुर कुरुम्वाङले प्लाज्मा दान गरेका छन्। उनले बाँकेमा उपचाररत सिकिस्त कोरोना संक्रमितको लागि आज प्लाज्मा दान गरेका हुन्।
कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापनमा आफै फिल्डमा खटिंदै आएका सिडिओ कुरुम्वाङलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
सामाजिक संजालमा निकै सक्रिय उनले दुई दिन अघि आफनो ब्लड ग्रुप एबी पोजेटिभ रहेको र निको भएको ३० दिन पुगेकाले आफू प्लाज्मा दान गर्न योग्य भएको भन्दै लेखेका थिए । आज आफूले प्लाज्मा दान गरेको कुरा पनि उनले सामाजिक संजालमा सेयर गरेका छन्। उनीसँगै नेपालगंज उपमहानगरपालिकाकी उप प्रमुख उमा थापाले पनि प्लाज्मा दान गरेकी छिन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने