Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु

जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं:   जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको शनिबार राती विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै मृत्यु भएको हो ।

हाल कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा सिराहामा शाखा प्रमुखका रुपमा कार्यरत देव विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत रहेको बताइएको छ । आफनो कार्य क्षेत्रमा रहँदा नै कोरोना संक्रमणमा परेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार भइरहेको भए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

उनी नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव समेत हुन्। युनियनले उनको मृत्युले जनस्वास्थ्यको क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।

पछिल्लो समय स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढेको छ । शनिबार मात्रै वरिष्ठ शल्य चिकित्सक डा ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार