जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको शनिबार राती विराटनगरस्थित नोबेल अस्पतालमा उपचारकै मृत्यु भएको हो ।
हाल कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा सिराहामा शाखा प्रमुखका रुपमा कार्यरत देव विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत रहेको बताइएको छ । आफनो कार्य क्षेत्रमा रहँदा नै कोरोना संक्रमणमा परेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार भइरहेको भए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
उनी नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव समेत हुन्। युनियनले उनको मृत्युले जनस्वास्थ्यको क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।
पछिल्लो समय स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको कोरोना संक्रमणबाट मृत्यु हुने क्रम बढेको छ । शनिबार मात्रै वरिष्ठ शल्य चिकित्सक डा ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण