थप २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २२ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोन भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्ये मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ । आज देशभर १९४५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी ५ हजार ३६४ जना संक्रमित निको भएर घर फर्केका छन्। हाल देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने ती मध्ये १ लाख ९१ हजार २ जना निको भइसकेका छन्।
यसैगरी देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण