थप २२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २२ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोन भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा संक्रमितमध्ये मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ । आज देशभर १९४५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी ५ हजार ३६४ जना संक्रमित निको भएर घर फर्केका छन्। हाल देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने ती मध्ये १ लाख ९१ हजार २ जना निको भइसकेका छन्।
यसैगरी देशभर २४ हजार ६६५ जना सक्रिय संक्रमित रहेका छन्।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?