कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो, आजै २६ जनाले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ सय ७४ पुगेको छ । हिजो मात्रै पनि देशभर २२ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए । कडा लक्षणसहितका संक्रमित थपिंदै गएपछि यसबाट हुने मृत्यु पनि बढिरहेको छ ।
मन्त्रालयका अनुसार आज देशभर २५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा