कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो, आजै २६ जनाले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ सय ७४ पुगेको छ । हिजो मात्रै पनि देशभर २२ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए । कडा लक्षणसहितका संक्रमित थपिंदै गएपछि यसबाट हुने मृत्यु पनि बढिरहेको छ ।
मन्त्रालयका अनुसार आज देशभर २५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा