Health TV Online
Health TV Online
Health TV Online

प्रदूषणका कारण बालबालिका बढी मारमा

प्रदूषणका कारण बालबालिका बढी मारमा

काठमाडौं : काठमाडाैं उपत्यकावासीलाई आवश्यक पर्ने अक्सिजनको मात्रा कम हुँदै गइरहेको अध्ययनले देखाएको छ। काठमाडौँमा प्रदूषणको मात्रा मापदण्ड भन्दा दशौँ गुणा बढी छ।

ठूला मान्छे जत्तिकै साना बालबालिका प्रदूषणको जोखिममा पर्ने गरेका छन्। कुनै पनि स्वस्थ मानिसलाई दैनिक लगभग २५ किलोग्राम अक्सिजन आवश्यक हुन्छ।

उपत्यकालगायत देशका अधिकांश ठाउँमा वातावरणीय प्रदूषण बढेर करीब ६० प्रतिशत बालबालिकाहरु नसर्ने रोगबाट ग्रसित बनेका छन्। त्यस्तै, ४० प्रतिशत बालबालिका प्रत्यक्ष रुपमा सर्ने रोगले ग्रसित भएको विभिन्न अध्ययनको निष्कर्ष छ ।

वातावरणविद् तथा स्वास्थ्यकर्मीका अनुसार वातावरण प्रदूषणका कारण काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा झाडापखाला, रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या, मुटु, फोक्सो, आँखा, छालाका रोगहरुबाट संक्रमित बालबालिकाकाे संख्या ल्याइने गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २००१ मा काठमाडौं उपत्यकाको जनसंख्या १६ लाख ६५ हजार ९५१ थियो । त्यस्तै सन् २०११ मा बढेर २५ लाख १० हजार ७८८ पुग्यो। यही अनुपातमा काठमाडौं उपत्यकाको जनसंख्या वृद्धि हुँदै जाने हो भने सन् २०३१ सम्ममा ५७ साल ४४ हजार ९६४ पुग्ने देखिन्छ। यसरी दिनानुदिन जनसंख्या बढेर चुनौती थपिएको छ भने अर्कातिर धुवाँधुलो, चर्को ध्वनि र फोहरमैला बढ्दो छ ।

कान्ति बाल अस्पतालका अनुसार दैनिकजसो अस्पतालमा ५५० देखि ६०० जनासम्म बालबालिका उपचारार्थ अस्पताल ल्याइने गरिएको छ। यसमा २१५ देखि २२० को हाराहारीमा बालिका हुने गरेका छन् भने ३५० देखि ३५५ जना बालक हुने गरेका छन्। सामान्य उपचारपछि फर्किनेको संख्या सरदर ३४० देखि ३५० जना छन्। अरू उपचारका निम्ति अस्पताल भर्ना हुन्छन्।

आर्थिक वर्ष २०७३\७४ को कान्ति बाल अस्पतालको प्रतिवेदनअनुसार वातावरणीय प्रदूषणबाट जम्मा तीन हजार ६६५ बालबालिकामा स्वास्थ्य समस्या देखापर्यो। यसमा श्वासप्रश्वासको समस्याबाट पीडित एक हजार २७३ जना थिए। यस्तै निमोनियाबाट एक हजार ८८ जना, ज्वरोबाट ३४७ जना प्रभावित र दमबाट २८ जना प्रभावित भएका थिए। मृत्यु हुने बालकको प्रतिशत ५७ दशमलव ७५ र बालिकाको प्रतिशत ४२ दशमलव २५ प्रतिशत हुने गरेको छ।

त्यसमा ३० दशमलव १७ प्रतिशत निमोनियाका कारण मृत्यु हुने गरेको छ भने विभिन्न प्रकारका क्यान्सरबाट ३६ दशमलव २२ प्रतिशतको मृत्यु हुने गरेको छ । त्यस्तै, ज्वरो तथा अन्य विभिन्न रोगहरुबाट ३३ दशमलव ६१ प्रतिशत बालबालिकाको मृत्यु हुन्छ।

नेपालमा हजारौँ बालबालिका मधुमेह रोगका कारण  मृत्युको मुखमा पुग्ने गरेका छन्। कान्ति बाल अस्पतालमा मात्र हरेक वर्ष ७० देखि ८० जनाको मृत्यु हुने गरेको छ । वातावरणीय प्रदूषणकै प्रत्येक वर्ष बच्चामा हुने मधुमेह अाठदेखि १० जनामा देखापर्ने गरेको छ। दुई महिनाको बच्चादेखि १७–१८ वर्षसम्मका तन्नेरीहरुमा मधुमेहको समस्या देखा परेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा