Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

काठमाडौं उपत्यकामा थपिए १४२० संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं :  काठमाडौं उपत्यकामा थप १४२० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २७३६ जना कोरोना संक्रमित थपिंदा उपत्यकामा मात्रै आधा भन्दा बढी संक्रमित १४२० थपिएका हुन्।

आज संक्रमित हुनेहरुमा काठमाडौंका ११४१ जना, भक्तपुरका ८६ जना र ललितपुरका १९३ जना रहेका छन्। पछिल्लो समय देशभरका संक्रमितमध्ये आधा भन्दा बढी संक्रमित उपत्यकामा नै थपिंदै आएका छन्।

आज देशभर २७३६ जना कोरोना संक्रमित थपिएका छन् भने २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल काठमाडौं उपत्यकामा १६ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी भक्तपुरमा १२ सय २४ जना र ललितपुरमा २३ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना