२४ घण्टामा २२ जना कोरोना संक्रमितले गुमाए ज्यान, मृतकको संख्या ११४८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ । यसैगरी गत २४ घण्टामा नेपालमा थप २७३६ जना कोरोनाको नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । उता पछिल्लो २४ घण्टामा ८५३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा