वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा ज्योति भट्टराईलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ (इन्डोक्राइनोलोजिष्ट ) डा ज्योति भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेट्रो काठमाडौं अस्पतालमा कार्यरत डा भट्टराईले केही समयदेखि रुघाखोकीले सताएकाले परीक्षण गराएको र आजै कोरोना पोजेटिभ रिपोर्ट आएको हेल्थ टिभी अनलाइनसँग बताएकी छिन्।
डा भट्टराईले हाल आफूमा ठूलो स्वास्थ्य समस्या नदेखिएको भए पनि ज्वरो आउने, शरीर दुख्ने र कडा रुघाखोकी भने रहेको जनाएकी छिन्। उनले आफू अस्पतालमा बिरामीको सेवामा खटिरहेकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको जनाईन्। आफूलाई संक्रमण पुष्टि भएपछि उनले आफनो सम्पर्कमा आएका अन्यलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गर्न आग्रह समेत गरेकी छिन्। एक सातादेखि आफूलाई सञ्चो नभएकाले बिरामी भने नहेरेको उनको भनाई छ ।
डा भट्टराईले आफूलाई संक्रमण भयो भन्दा पनि परिवारमा रहेका बुढा बा -आमा र अन्य सदस्यलाई सारें की भन्ने पीर लागेको समेत जिकीर गरिन्। हाल होम आइससोलेसनमा रहने र केही अप्ठेरो परे मात्र अस्पताल जाने निर्णय गरेको समेत उनले जानकारी दिइन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित