Health TV Online
Health TV Online
Health TV Online

वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा ज्योति भट्टराईलाई कोरोना संक्रमण

वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा ज्योति भट्टराईलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं :  मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ (इन्डोक्राइनोलोजिष्ट ) डा ज्योति भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेट्रो काठमाडौं अस्पतालमा कार्यरत डा भट्टराईले केही समयदेखि रुघाखोकीले सताएकाले परीक्षण गराएको र आजै कोरोना पोजेटिभ रिपोर्ट आएको हेल्थ टिभी अनलाइनसँग बताएकी छिन्।

डा भट्टराईले हाल आफूमा ठूलो स्वास्थ्य समस्या नदेखिएको भए पनि ज्वरो आउने, शरीर दुख्ने र कडा रुघाखोकी भने रहेको जनाएकी छिन्। उनले आफू अस्पतालमा बिरामीको सेवामा खटिरहेकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको जनाईन्। आफूलाई संक्रमण पुष्टि भएपछि उनले आफनो सम्पर्कमा आएका अन्यलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गर्न आग्रह समेत गरेकी छिन्। एक सातादेखि आफूलाई सञ्चो नभएकाले बिरामी भने नहेरेको उनको भनाई छ ।

डा भट्टराईले आफूलाई संक्रमण भयो भन्दा पनि परिवारमा रहेका बुढा बा -आमा र अन्य सदस्यलाई सारें की भन्ने पीर लागेको समेत जिकीर गरिन्। हाल होम आइससोलेसनमा रहने र केही अप्ठेरो परे मात्र अस्पताल जाने निर्णय गरेको समेत उनले जानकारी दिइन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना