बर्दियाका २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बर्दियाका २९ वर्षीय युवकको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दिया ठाकुरद्वारा नपरपालिका – २ का २९ वर्षीय युवकको आज कोरोना संक्रमणका कारण नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।
उनमा स्वास्थ्य समस्या भएपछि कार्तिक २३ गते अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा आज दिउँसो १ :४५ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भइसकेपछि मात्र उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँकेमा आएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा