बर्दियाका २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बर्दियाका २९ वर्षीय युवकको आज कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दिया ठाकुरद्वारा नपरपालिका – २ का २९ वर्षीय युवकको आज कोरोना संक्रमणका कारण नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।
उनमा स्वास्थ्य समस्या भएपछि कार्तिक २३ गते अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा आज दिउँसो १ :४५ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भइसकेपछि मात्र उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँकेमा आएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा