नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२६ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११२६ पुगेको हो ।
यसैगरी नेपालमा कुल संक्रमितमध्ये हुने मृत्युदर शुन्य दशमलब ६ प्रतिशत रहेको छ । उता आज देशभर २५७१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यी मध्ये १ लाख ५९ हजार ७२४ जना कोरोना जितेर संक्रमणमुक्त भइसकेका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?