थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, १७९८ जना निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २५७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २५७१ कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १७९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना जित्नेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको मन्त्रालयले जनाएको छ ।
उता गत २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा