यी १२ जिल्लामा छन् ५ सय बढी सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका १२ जिल्लामा अझै पनि ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये १२ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित रहेका हुन्।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी,चितवन, काभ्रे, कास्की, नवलपरासी, दाङ, रुपन्देहीमा हाल ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको भए पनि हाल एउटा जिल्ला मनाङ जिल्लामा मात्र कोरोना संक्रमित छैनन्।
आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । यी मध्ये काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा मात्रै हाल १५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा