Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

केडीसी अस्पतालमा कोरोना संक्रमितका लागि आईसीयू बेड थपियो

केडीसी अस्पतालमा कोरोना संक्रमितका लागि आईसीयू बेड थपियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरास्थित केडीसी अस्पतालले कोरोना संक्रमितका लागि आईसीयू र भेन्टिलेटर सेवा बिस्तार गरेको छ ।

यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्विकृति लिई कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालले जटिल प्रकारका संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर सेवा बढाएको हो ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जटिल प्रकारका कोरोना संक्रमितको उपचारमा समस्या नहोस भनेर आईसीयू र भेन्टिलेटसहतिको सेवा बिस्तार गरेको जनाए । उनले भने, ‘यतिबेला कयौं कोरोनाका बिरामी आइसीयू र भेन्टिलेटर नपाएर ज्यान गुमाउन परेको अवस्था आएको छ । सोही कुरा मनन गरी यो बेला हामीले आईसीयू सेवा बिस्तार गरेका हौं ।’

उनले हाललाई अस्पतालले १२ वटा आईसीयू र ६ वटा भेन्टिलेटर थप गरेको जनाए । उनले कोरोना संक्रमितको लागि २४ घण्टा दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिने पनि जानकारी दिए ।  अस्पतालले सरकारले तोके बमोजिम गरिब तथा विपन्न नागरिकका लागि नि : शुल्क उपचार गरिने पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठ आफै पनि कोरोना संक्रमणमा परी निको भएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

नेपाल क्यान्सर सम्मेलन सम्पन्न

मेवाका फाइदा

मेवाका फाइदा

मुटुरोगबाट बच्न के गर्ने ?

मुटुरोगबाट बच्न के गर्ने ?