Health TV Online
Health TV Online
Health TV Online

केडीसी अस्पतालमा कोरोना संक्रमितका लागि आईसीयू बेड थपियो

केडीसी अस्पतालमा कोरोना संक्रमितका लागि आईसीयू बेड थपियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरास्थित केडीसी अस्पतालले कोरोना संक्रमितका लागि आईसीयू र भेन्टिलेटर सेवा बिस्तार गरेको छ ।

यसअघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्विकृति लिई कोरोना संक्रमितको उपचार गर्दै आएको अस्पतालले जटिल प्रकारका संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर सेवा बढाएको हो ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जटिल प्रकारका कोरोना संक्रमितको उपचारमा समस्या नहोस भनेर आईसीयू र भेन्टिलेटसहतिको सेवा बिस्तार गरेको जनाए । उनले भने, ‘यतिबेला कयौं कोरोनाका बिरामी आइसीयू र भेन्टिलेटर नपाएर ज्यान गुमाउन परेको अवस्था आएको छ । सोही कुरा मनन गरी यो बेला हामीले आईसीयू सेवा बिस्तार गरेका हौं ।’

उनले हाललाई अस्पतालले १२ वटा आईसीयू र ६ वटा भेन्टिलेटर थप गरेको जनाए । उनले कोरोना संक्रमितको लागि २४ घण्टा दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिने पनि जानकारी दिए ।  अस्पतालले सरकारले तोके बमोजिम गरिब तथा विपन्न नागरिकका लागि नि : शुल्क उपचार गरिने पनि उनले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठ आफै पनि कोरोना संक्रमणमा परी निको भएका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना