भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतले कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध लड्न नेपाल सरकारलाई २८ वटा आईसीयू भेन्टिलेटर सहयोग गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आईसीयू भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। सो अवसरमा मन्त्री ढकालले आफैँ पनि कोरोना महामारीसँग जुधिरहेको भारतले दुःखमा साथै छौँ भनेर गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।
उनले आपत परेका बेला गरेको यस्तो सहयोगले नेपाल भारत सम्बन्ध अझै मजबुद बनाउन सघाउ पुग्ने समेत जनाए । यसअघि पनि भारतले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिसकेको छ ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरको अभाव हुँदै आएको छ ।
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै