२४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ११०८ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । आज देशभर २८१७ जना कोरोना संक्रमित थपिएका छन्। उता २८१२ जना संक्रमित कोरोना जितेर निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन् भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा