विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । वर्ल्डोमिटरका अनुसार आइतबार बिहानसम्म विश्वमा कुल कोरोना संक्रमितको संख्या ५ करोड २ लाख ६३ हजार ८८५ पुगेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म १२ लाख ५६ हजार ३५४ जनाको मृत्यु भएको पुष्टि भएको छ । गत डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा मात्रै हालसम्म १ करोड १ लाख ८२ हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये अमेरिकामा २ लाख ४३ हजार २५७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
अमेरिकापछि बढी प्रभावित भारत बनेको छ । भारतमा ८५ लाख ७ हजार ७५४ जनामा कोरोना देखिएको छ भने १ लाख २६ हजार १६२ जनाको मृत्यु भइसकेको छ । यद्यपी भारतमा मृत्युदर भने कम रहेको छ ।
नेपालमा हालसम्म १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ लाख ९१ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको पाइन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा