नेपालमा ४४१ जना सिकिस्त कोरोना संक्रमित : आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ४४१ जना सिकिस्त कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४४१ जना सिकिस्त कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको हो । उनीहरु मध्ये ३६५ जना आईसीयूमा रहेका छन् भने ७६ जनाको भेन्टिलेटरको सहायतामाा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार हाल प्रदेश १ मा ४४ जना आईसीयू र १५ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यसैगरी प्रदेश २ मा ८ जना संक्रमित आईसीयूमा रहेका छन् भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उता बाग्मती प्रदेशमा सबैभन्दा धेरै १६३ जना आईसीयूमा र ३५ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा पनि ८० जना संक्रमितको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार हुँदैछ । उता कर्णाली प्रदेशमा ५ जना संक्रमित आईसीयूरमा उपचाररत छन्। भेन्टिलेटरमा कोही पनि नरहेको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा ७ जना कोरोना संक्रमितको आईसीयू र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ । हाल देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा