२४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर २७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
यीमध्ये हाल ३५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भइसकेका छन्।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन