२४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । मन्त्रालयका अनुसार आज देशभर २७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।
यीमध्ये हाल ३५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भइसकेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा