ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ ललितपुर : ललितपुर महानगरपालिका प्रमुख (मेयर) चिरीबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ ।
महानगरपालिकाले विज्ञप्ति जारी गर्दै महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ महशुस गरेपछि उनी कोरोना आशंका गरी परीक्षणका लागि पाटन अस्पताल गएका थिए । प्रमुख महर्जन अहिले स्वास्थ्य सतर्कता अपनाउँदै बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा रहेका छन्।
महर्जनले कोरानो रिपोर्ट पोजेटिभ आए पनि आफनो मनोबल उच्च भएकाले यसबाट निको भएर छिटै काममा फर्किने जनाएका छन्। उनले आफूसँग सम्पर्कमा आएकालाई सचेत रहन आग्रह गर्दै परीक्षण गर्न समेत आग्रह गरेका छन्।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु