२४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
उता आज कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या संक्रमित भएका भन्दा धेरै १८९३ रहेको छ । हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण