चितवनमा ३१ वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका वडा न. ११ का ३१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताएका छन्।
श्वासप्रश्वासमा समस्या भएर भदौ २५ गते अस्पताल भर्ना भएका उनको कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा २६ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि अस्पतालको कोभिड आइसीयूमा भेन्टिलेटरमा उपचार भइरहेकोमा आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति