काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १६४ महिला र ३४३ पुरुष, भक्तपुरका २९ महिला र २१ पुरुष, ललितपुरका ३१ महिला र ३० पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै