काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी ६१८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १६४ महिला र ३४३ पुरुष, भक्तपुरका २९ महिला र २१ पुरुष, ललितपुरका ३१ महिला र ३० पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभर १६ हजार २४१ जना सक्रिय संक्रमित रहेका छन्।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना