मधुमेहका बिरामीलाई डा मधुको सल्लाह, ‘यतिबेला भिडभाडमा नजाउँ, औषधि नछुटाई सेवन गरौँ’

डा मधु पाण्डे
अहिले विश्वभर नै कोरोना भाइरस (कोभिड १९ ) संक्रमण को त्रास छ। यो लेख तयार पार्दासम्म विश्वमा २ करोड ९७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ लाख भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको छ ।
कोरोना संक्रमणको जोखिम दीर्घरोगी जस्तै मधुमेह, क्यान्सर, मुटुरोग, मिगौला रोग , दम भएका बिरामीमा बढी हुने कुरा प्रमाणित भइसकेको छ । त्यसमा पनि ‘साइलेन्ट किलर’ को रुपमा रहेका मधुमेहका बिरामीमा यसको जटिलता अझ बढी हुने देखिएको छ ।
रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्था हाे मधुमेह। मधुमेह रोग भएका मानिसहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरुको शरीर कमजोर हुन्छ । त्यसैले पनि यस्ता संक्रमणले उनीहरुलाई बढी असर गर्ने हुन्छ । त्यसैले यस्ता बिरामीले कोरोना संक्रमणबाट बच्न केही बढी सावधानी भने अपनाउनुपर्ने हुन्छ । कोरोना तथा अन्य छिटो सर्ने संक्रमणबाट जोगिन मधुमेहका रोगीले सामान्य व्यक्तिले भन्दा बढी नै स्वास्थ्य सतर्कता अपनाउन जरुरी हुन्छ।
मधुमेह भएका बिरामीमा ग्लुकोजको मात्रा तलमाथि भइरहने समस्या हुन्छ । त्यसैले पनि कुनै पनि संक्रमण हुँदा उपचारमा थप समस्या आउँछ । यस्ता बिरामीमा कोरोना संक्रमण भएमा उपचारमा जटिलता र मृत्यु दर बढी हुने हुँदा यसबाट जोगिनेतर्फ नै बढी ध्यान दिएको राम्रो हुन्छ । मधुमेहका बिरामी त्यसमा पनि जेष्ठ नागरिक भएमा जटिलता अझै बढ्न जान्छ । अहिलेको कोरोनाबाट भएको मृत्यदर हेर्दा पनि उमेर पुगेकाहरु नै बढी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट बच्नका लागि जारी गरेको जनस्वास्थ्य मापदण्ड जस्तै: साबुन पानीले हात धोइरहने, भिडभाडमा नजाने जानै परे २ मिटरको दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने त छँदैछ ।
मधुमेह भएका बिरामीमा ग्लुकोजको मात्रा तलमाथि भइरहने समस्या हुन्छ । त्यसैले पनि कुनै पनि संक्रमण हुँदा उपचारमा थप समस्या आउँछ । मधुमेहका बिरामीमा कोरोना संक्रमण भएमा उपचारमा जटिलता र मृत्यु दर बढी हुने हुँदा यसबाट जोगिनेतर्फ नै बढी ध्यान दिएको राम्रो हुन्छ । मधुमेहका बिरामी त्यसमा पनि जेष्ठ नागरिक भएमा जटिलता अझै बढ्न जान्छ । अहिलेको कोरोनाबाट भएको मृत्यदर हेर्दा पनि उमेर पुगेकाहरु नै बढी छन्।
त्यस बाहेक पनि मधुमेहका बिरामीले यो बेला आफनो सुगर लेबल ठीक छ की छैन् हेर्ने, सन्तुलित खाना खाने, मधुमेहका बिरामीले एकैपटक धेरै खाना खान मिल्दैन त्यसैले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । घरमै हल्का शारीरिक व्यायाम गर्ने गर्न जरुरी छ । साथै धुमपान मद्यपानबाट टाढै रहने, पानी प्रशस्त मात्रामा पिउने ,परिवारसँग समय बिताउने गरेर आफूलाई व्यस्त राख्न सकिन्छ ।
आफूले खाइरहेको औषधिको बारेमा आफनो डाक्टरलाई अनलाइन मार्फत जानकारी लिन जरुरी छ । यतिबेला इमरजेन्सी नपरेसम्म अस्पताल नगएको राम्रो किनकी अस्पालबाट संक्रमण हुने जोखिम रहन्छ । त्यसैले घरबाटै सोधेर डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गर्न सल्लाह दिन्छु । आफूखुशी औषधि छोड्ने र सेवन गर्ने नगरौं । सबै डाक्टर अहिले अनलाइन मार्फत सेवा दिइरहेका छन् , उनीहरुबाट परामर्श लिन सकिन्छ । तर इमरजेन्सी अवस्थामा भने डाक्टरको समय लिएर अस्पताल पनि जान जरुरी हुन्छ ।
यसरी मधुमेहका बिरामीले नियमित आफनो औषधि सेवन गर्ने, भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने हो भने कोरोना संक्रमणबाट जोगिन सकिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा