थप ११ सय ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा गत २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५५हजार ३२९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ८७९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति