थप ११ सय ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा गत २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५५हजार ३२९ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ८७९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ३९ हजार ५७६ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम