थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार १५९ पुग्यो
काठमाडौं उपत्यकामा मात्रै ५९७ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार १४५ नमुना परीक्षण गर्दा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका संक्रमितसहित गरेर कोरोना निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ५९७ जना संक्रमित थपिएका छन्।
गत २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति