थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ हजार १५९ पुग्यो
काठमाडौं उपत्यकामा मात्रै ५९७ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार १४५ नमुना परीक्षण गर्दा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका संक्रमितसहित गरेर कोरोना निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै गत २४ घण्टामा ५९७ जना संक्रमित थपिएका छन्।
गत २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य