एकै दिन थपिए १४ सय ५४ संक्रमित, ९७२ जना डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९७२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।
कोरोनाको आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ भने हाल देशभर १४ हजार ९२५ जना संक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम