गण्डकीमा थप ४९ जनामा कोरोना संक्रमण, संक्रमित हुनेमा नर्स, बिरामीदेखि प्रहरीसम्म
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ६ जिल्लामा गरी थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २७ सय २८ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत एक जना नर्स एवं सोही अस्पतालमा उपचाररत बिरामी समेत रहेका छन्। यसैगरी नेपाल प्रहरीमा कार्यरत प्रहरी लगायत अन्य क्वारेन्टाइनमा रहेकाहरु भएको निर्देशनालयले जनाएको छ ।
पोखराको क्षयरोय केन्द्रमा परीक्षण गर्दा कास्कीका १९ जना, बाग्लुङका ९ जना, तनहुँका ३ जना, स्याङ्जाका १२ जना, नवलपरासीका ५ जना र पर्वतका १ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम