थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ हजार १३८ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १० हजार ६११ जनाको पीसीआर परीक्षण गर्दा ९०२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २ सय ८७ जना कोरोना निको भएर घर फर्किएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । हाल कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु