२४ घण्टामा १२ जना संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप १२ जनाको कोरोनाबाट मृत्यु भएको हो । यसरी मृत्यु हुनेहरुमा ६ जना महिला र ६ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २५१ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा नेपालमा १ हजार १२० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?