गण्डकीमा १७ सेनासहित थप २३ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा सेनाका १७ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गत २४ घण्टामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १९ सय ३६ पुगेको छ ।
बुधबार कोरोना संक्रमण हुनेहरुमा लमजुङका २० जना, कास्कीका २ जना र नवलपरासीका १ जना रहेका छन्। कास्कीका एक जना अस्पतालमा कार्यरत कर्मचारी भएको पनि जनाइएको छ । यसैगरी लमजुङका २० मध्ये एक जना भने बैंकका कर्मचारी हुन्। गण्डकीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ सय ४३ पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त