पीडा हुन्छ जब बिरामीका आफन्त अाँखाभरि अाँसु पार्दै भन्छन्, ‘उहाँले मलाई कहिले चिन्नुहुन्छ?’

दुई महिनाअघि पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा एक बिरामी आए श्रीमतीलाई लिएर। काठमाडौंको गोंगबुमा बस्ने भट्टराई थरकी ती महिलालाई ‘अल्जाइमर्स’ अर्थात् बिर्सिने रोग लागेको थियो। शुरुमा खाएको बिर्सिने, यताउता सामान राखेको बिर्सिने हुन्थ्यो। बिस्तारै उनले आफ्नै परिवारका सदस्य र नातागोता नै बिर्सिन थालिन्। त्यसपछि मात्र उनलाई उपचारका लागि पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा ल्याइको थियो।
एकपटक मकहाँ छोराले आमालाइ जँचाउन ल्याएका थिए। शर्मा थरकी ती बिरामीले छोरालार्इ ‘उहाँ मेरो श्रीमान्’ भनेको सुन्दा आङ नै सिरिङ्ङ भएथ्यो मेरो। मेरो चिकित्सकीय जीवनका शुरुवातको घटना थियो। म सुन्नेलाई त त्यस्तो भयो होला भने भोग्ने आफन्तलाई कस्तो भयो होला अनुमान पनि गर्न सक्दिन।
उनीजस्ता थुप्रै बिरामी यस्तो समस्या लिएर मकहाँ आउँछन्। शुरु शुरुमा यस्ता बिरामी देख्दा आफैँलाई अप्ठेरो लाग्थ्यो तर अब त बानी नै परिसक्यो। सामान्य भइसक्यो । यस प्रकारका बिरामीहरू श्रीमानलाई छोरा हो भन्छन्। कोही बुवा भन्छन् र त्यहीअनुसार व्यवहार गर्छन्। यतिसम्म हुन्छ कि बिरामीलाई हेरेर जाँच गर्न अर्को कोठामा पठायो, एक छिनपछि आएर ‘तपाईँ को हो बाबु?’ भन्नुहुन्छ। यो उहाँहरूको दोष होइन रोग नै त्यस्तै हो।
एकपटक पाटन अस्पतालमा भेटिएका एक बिरामीका आफन्तले भने, ‘वर्षाैँ सँगै बसेको परिवारका सदस्य नै बिर्सेपछि त्यो भन्दा ठूलो तनाव अरु के हुन्छ र।’ चित्सिकीय जीवनमा सबैभन्दा पीडा त त्यो वेला हुन्छ जब बिरामीका आफन्तले मलाई भन्छन्, ‘उहाँले मलाई कहिले चिन्नुहुन्छ? एक श्रीमान् मसामु निकैबेर रोएका छन्, ‘सँगै जिउने मर्ने कसम खायाैँ, अहिले मलाई नै चिन्दिन भन्छे।’
अल्जाइमर्स मात्रै एक यस्तो रोग होे जसमा बिरामीले को आफ्नो, को पराइ नै चिन्दैन। नातागोता नै बिर्सिन्छ। बाहिरका नचिनेको मान्छेलाई ‘मेरो श्रीमान्, श्रीमती नाता लगाएरसमेत हिँडेका थुप्रै उदाहरण छन्।
वेलैमा उपचार शुरु गरे धेरै अल्जाइमर्स हदसम्म रोकथाम गर्न नसकिने होइन। तर अधिकांश मानिस बुढ्यौलीमा लाग्ने रोग त हो भन्दै बेवास्ता गर्छन्। यसले परिवारमा ठूलो समस्या निम्तिन्छ।
वेलैमा उपचार शुरु गरे धेरै अल्जाइमर्स हदसम्म रोकथाम गर्न नसकिने होइन। तर अधिकांश मानिस बुढ्यौलीमा लाग्ने रोग त हो भन्दै बेवास्ता गर्छन्। यसले परिवारमा ठूलो समस्या निम्तिन्छ।
कस्तो रोग हो अल्जाइमर्स?
अल्जाइसर्म बिर्सिने रोग हो। बिर्सिने धेरै कारणमध्ये अल्जाइमर्सलाई प्रमुख कारण मानिन्छ। सामान्यतया यो रोग बुढ्यौलीमा लाग्छ। ६० वर्ष काटेपछि यो रोग हुने सम्भावना धेरै हुन्छ। उमेर बढेसँगै यो रोग बढ्दै सम्भावना पनि बढ्दै जान्छ। एक तथ्यांकअनुसार ८५ वर्ष पुगेपछि हरेक दुईमध्ये एकजनालाई अल्जाइसमर्स हुने सम्भावना हुन्छ।
अल्जाइमर्समा बिरामीले शुरुमा सामान्य लक्षण देखाउने गर्छन्। खाएको बिर्सिने, के गरेँ भन्ने नै बिर्सिने, जान लागेको ठाउँ नै बिर्सिने जस्ता सामान्य लक्षणबाट शुरु हुन्छ। शुरुवाती लक्षणमै उपचार गरिएन भने पाँच वर्षभित्र बिर्सिने रोग बढेर बिस्तारै बिरामीले होश नै समेत गुमाउन सक्छन्। वेलैमा उपचार नगरिए उनीहरूको आयु बढीमा पाँच वर्ष मात्र हुने तथ्य पनि छ।
नेपालमा एकिन तथ्यांक त छैन तर ८० हजार मानिसलाई अल्जाइमर्सको समस्या रहेको अनुमान गरिन्छ।
अल्जाइमर्सको उपचार
अल्जाइमर्स पूर्ण रुपमा निको हुने रोग त होइन तर यसको केही रोकथाम भने गर्न सकिन्छ। अल्जाइमर्स भएको शुरुवाती अवस्थामै यो रोग पत्ता लागेमा र उपचार शुरु गरेमा बिरामीको जीवनलाई केही सहज बनाउन सकिन्छ। आयु लम्ब्याउन सकिन्छ। सही समयमा उपचार शुरु गरिए बिरामीलाई १५ देखि १७ वर्षसम्म बचाउन सकिन्छ। यसका साथै उनीहरुमा बिर्सिने समस्या जति तीब्र गतिमा बढिरहेको हुन्छ त्यसको मात्रा पनि कम हुँदै जाने चिकित्सक बताउँछन्।
सरकारले अल्जाइमर्सका बिरामीका लागि एक लाख रुपैयाँ सहुलियत समेत दिँदै आएको छ। राजधानीको पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नोबेल अस्पताल विराटनगर, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायतका पाँच अस्पतालमा सहुलियतमा सेवा पाइन्छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने