कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौं, आज मात्रै १७२ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज मात्रै काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण देखिएको जनाएका हुन् । डा गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२६ जना, ललितपुरका ३८ जना भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले संक्रमितहरुको ठेगाना भने खुलाएको छैन्। आइतबार कुल ६४१ जनामा कोरोना संक्रमण देखिंदा उपत्यकामा मात्रै १७२ जना संक्रमित भएका हुन्। यो संख्या निकै ठुलो हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक रुपमा सय भन्दा बढी संक्रमित फेला पर्दै आएका छन्। लकडाउन खुलेसँगै काठमाडौं उपत्यका अति जोखिममा रहेको र ‘कोरोना हटस्पट’ बन्दै गएको भन्दै विज्ञहरुले लापरवाही नगर्न र सतर्क रहन चेतावनी दिंदै आएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित