नेपालगञ्जमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज एक जना चिकित्ससहित थप २८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।
अस्पतालले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै गत ४८ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा एक जना चिकित्सकसहित थप २८ जना, बर्दियाका १३ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । कोरोना संक्रमण हुने चिकित्सक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहेको बताइएको छ ।
गत ४८ घण्टामा ५९० जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालगंजमा कोरोना समुदायमा फैलिएको भन्दै गत आइतबारदेखि शनिबारसम्मका लागि लकडाउन गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा