काठमाडौं उपत्यकामा थप ८७ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा ८७ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंसहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । यसैगरी बिहीबार २३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ ।
पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएकोमा आज पनि काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा