गण्डकी प्रदेशका थप ९ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा बिहीबार थप ९ जना नयाँ संक्रमित थएिका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आजै दोस्रो पटक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । आज बिहानै ६:३० बजे ११ जनामा कोरोना देखिएको भन्दै विज्ञप्ति जारी गरेको थियो
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ७५ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४ जना, स्याङ्जाका २ जना, पर्वतका १ जना तनहुँका १ जना र गोरखाका १ जना रहेका छन्।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा