बुधबार काेराेना पुष्टि भएका धरानका १२ संक्रमितले अझै आइसोलेसन बेड पाएनन्

हेल्थ टिभी अनलाइन\ धरान : धरानमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएका १२ जना संक्रमितलाई बिहिबार बिहानसम्म पनि अस्पताल लगिएको छैन् ।
हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएका १२ जना कोरोना संक्रमित अहिले सम्म होम आइसोलेसनमै रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन्। उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेड अभाव भएका कारण व्यवस्थापन गर्न ढिलाई भएको बताए । संक्रमित भइसकेपछि उनीहरुलाई आइसोलेसनमा लैजानुपर्ने भए पनि उनीहरुलाई केही समय घरमै बस्न र बेडको व्यवस्था भएपछि मात्र जानकारी दिइने बताइएको उनले जिकीर गरे ।
ती मध्ये एकै परिवारका ५ जना समेत रहेका छन् । धरानमा हिजो साँझ १२ जना र आज बिहान एक जना गरी १३ जना संक्रमित थपिएका छन्। समुदायस्तरमा कोरोना फैलिएको भन्दै यतिबेला धरानमा लकडाउन गरिएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा