भारतमा एकै दिन ५०७ जनाको मृत्यु, संक्रमितको संख्या ६ लाख नजिक
हेल्थ टिभी अनलाइन: भारतमा एकै दिन ५०७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। योसंख्या अहिलेसम्मकै उच्च भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या मात्र हैन् पछिल्लो समय मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै अहिलेसम्मकै धेरै ५०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार मात्रै १८ हजार ६५३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ४९३ पुगको छ भने हालसम्म १७ हजार ४ सय संक्रमितको मृत्यु भएको छ ।
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । त्यसपछि बढी संक्रमित नयाँ दिल्लीमा संक्रमित भेटिएका छन्। भारतमा ८ दिन यता लगातार १५ हजार भन्दा बढी संक्रमित पुष्टि भइरहेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम