शव अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामी जानेहरु त्रसित
हेल्थ टिभी अनलाइन\धनगढी : सेती प्रादेशिक अस्पतालमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलाको अत्येष्टी गरेपछि कोरोना पुष्टि भएको छ । शवको अन्त्येष्टि गरेपछि कोरोना पुष्टि भएपछि यतिखेर पूरै वडाका बासिन्दा एवं मलामी जानेहरु त्रसित बनेका छन्।
धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया एक महिलाको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको थियो । उनको शव सोही दिन परिवारलाई बुझाई आज बिहानै धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएको बताइएको छ । उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ आएको थियो । त्यसकै आधारमा अस्पतालले उनको शव परिवारलाई जिम्मा लगाएको जनाएको छ ।
उनको पीसीआर परीक्षणमा आज कोरोना पोजेटिभ आएको हो । मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामीको खोजी सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताएका छन्। । उनले शबको दाहसंस्कार भइसकेकाले अब मलाली र सम्पर्कमा आएका अन्य व्यक्तिको खोजी सुरु गरेको जनाए । मृतकमा कोरोना पुष्टि भएपछि आफन्त र स्थानीयबासिन्दा त्रसित बनेका छन् । अन्त्येष्टिमा करिब ५० जना मलाली रहेको स्थानीयले बताएका छन् । यतिबेला वडा नै शिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने काम शुरु भएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित