Health TV Online
Health TV Online
Health TV Online

सुर्खेतमा कोरोना संक्रमणका कारण २० वर्षीय युवकको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

सुर्खेतमा कोरोना संक्रमणका कारण २० वर्षीय युवकको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । सुर्खेतमा एक जना २० वर्षीय युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो। तर उनको मृत्यु पछि मात्र कोरोना संक्रमणको परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै बिहिबार मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।  उनको बिहिबार बिहान  मृत्यु भएको थियो। मृत्युपछि मात्र उनको स्वाब परीक्षण गरिएको थियो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेगाउँका  २० वर्षीय युवक भारतबाट आएका र ८ गतेदेखि विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेका थिए। आरडीटीमा नेगेटिभ आएपछि उनी घर गएका थिए ।

क्वोन्टाइनमा रहँदा सम्म कुनै स्वास्थ्य समस्या नदेखिएका उनको बिहिबार अचानक मृत्यु भएको खबर आएको निर्देशनालयले जनाएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार