स्वास्थ्य क्षेत्रमा लगानी बढाउन मेडिकल टुरिजम अर्गनाइजेशनको आग्रह
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल मेडिकल टुरिजम अर्गनाइजेशनले कोभिड-१९ का कारण आउने आर्थिक संकट समाधानका लागि स्वास्थ्य क्षेत्रमा विशेष लगानी बढाउन आग्रह गरेको छ । शुक्रबार अर्गनाइजेशनले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।
योसँगै विज्ञप्तिमा कोभिड-१९ को महामारीका बेला सरकारी सेवाले मात्र नपुग्ने भन्दै प्राइभेट अस्पताललाई समेत सहभागी गराई अघि बढ्न सरकारलाई अपिल गरिएको छ । यो बेला सरकारले सरकारी अस्पताललको स्तरोन्नती गर्दै सेवालाई बिस्तार गर्नुपर्ने र निजी अस्पताल जो अहिले आर्थिक संकटमा छन् उनीहरुलाई पनि सँगसँगै लानपर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना जस्तो महामारीबाट मुक्ति पाउन सरकारी अस्पतालको पहलले मात्र नभ्याउने हुनाले पब्लिक, प्राइभेट अस्पताल एवं चिकित्सक नर्स, प्राविधिक स्वास्थ्यकर्मीलाई पनि फ्रन्टलाइनमा काम गर्नको लागि उचित वातावरण बनाई हौसला बढाउन हामी जोडदार माग गदैछौं ।’
यसैगरी कोरोनाकै कारण नेपालमा वैदेशिक व्यापार घाटा चुलिएको यो अवस्थामा देशभित्रै गर्न सकिने मेडिकल टुरिजममा ध्यान दिंदै सो तर्फ कदम चाल्न आग्रह गरिएको छ । विज्ञप्तिमा सरकारले स्वास्थ्य र शिक्षामा बाहिर जाने अरबौं रुपैयाँ रोक्न पब्लिक प्राइभेट पार्टनरसिप गर्दै यस्ता संस्थालाई समयानुकुल स्तरोन्नती र लगानी गर्न तर्फ लाग्नुपर्नेमा जोड दिइएको छ ।
विज्ञप्ति :






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम