यसरी बचौं कोरोनाबाट: यस्ता छन् रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा

यतिबेला विश्वलाई नै कोरोना महामारीले आक्रान्त बनाएको छ । यो नौलो भाइरस भएकाले पनि यसकाबारेमा धेरैले आ आफनो धारणा दिइरहेका छन्। यो स्वभाविक पनि हो । यो लेख तयार पार्दासम्म कोरोना संक्रमणका कारण २ लाख ४३ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। यसैगरी ३४ लाख बढी मानिस यो संक्रमणको शिकार भएका छन्। सरकारले यो बेला कोरोना रोकथाम तथा नियन्त्रणका लागि रणनिती बनाएर काम गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि साबुन पानीले हात धुने, सामाजिक दूरी काय गर्ने र पौष्टिक खानेकुरामा ध्यान दिन आग्रह गरेको छ । यो रोग फैलिन नदिन खानपानमा ध्यान दिंदै सामाजिक दूरी कामय गर्नुको विकल्प छैन्। हालसम्म कोरोना भाइरसविरुद्धको कुनै पनि खोप वा औषधि नबनेका कारण यसबाट जोगिन अपनाउनुपर्ने उपायको अवलम्बन गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन्। यसका लागि खानाबाट नै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शत्ति बढाउन जरुरी छ । परापूर्वकालदेखि नै मानव शरीरलाई अन्न र पानीको शरीर भन्ने चलन छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनु भनेको रगतमा पाइने न्यूट्रोफिलको संख्या बढाउनु हो। यस न्युरोफिलले ‘टी कोष’ को कार्यक्षमता वृद्धि गरी संक्रमणबाट जोगाउन मद्धत गर्दछ । यसको क्षमता बढाउन दैनिक ध्यान दिनु पर्ने कुराहरु
१ दैनिक खानपानमा सिजन अनुसार तरकारी र फलफुल समावेश गर्ने ।
२ धुम्रपान नगर्ने र मद्यपान सेवन कमगर्ने वा नगर्ने।
३ मांशाहारी खानेकुराहरु आवश्यक मात्रामा खाने र साधारण तरीकाले पकाएर खाने।
४ दैनिक सात देखि आठ घण्टा आरामले सुत्ने।
५ दैनिक आधा घण्टा अनिवार्य व्यायाम गरी तौल सन्तुलनमा राख्ने।
६ मानसिक तनाव कम गर्ने।
७ संक्रमणबाट जागिन बेला बेलामा सावुन पानीले राम्ररी हात धुने।
८ आफनो व्यक्तिगत सरसफाईमा ध्यान दिने
कोरोनाको संक्रमण दीर्घ रोग भएका र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुमा बढी हुने कुरा अध्ययनहरुले देखाइसकेका छन्। त्यसैले हामीले हाम्रो खानेकुरामा ध्यान दिन जरुरी छ । कुनै पनि हल्लाको पछि लागेर खानेकुरा खानहुँदैन । बेसार पानी खाएमा कोरोना लाग्दैन भन्दै बेसार पानी खानेहरु पनि देखियो । हो बेसारमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ र तर कति खाने कसरी खानेमा ध्यान नदिंदा यसले हानी पनि गर्नसक्छ । बेसारमा पोटासियम को मात्रा धेरै हुने हुँदा धेरै मात्रा बढेर मुटु र मिगौला दुवैको कार्य क्षमतामा असर भई स्वास्थ्य समस्या आउन सक्छ त्यसैले गुणवान वस्तुको अधिक प्रयोग गर्दा शरीरलाई हानी पुर्याउन सक्दछौं । विशेष गरी रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि जिङ्क, सेलेनिम, लौह तत्व, तामा ,फोलिक ऐसिड, भिटामिन ए,वि छ, सि र ई भएका खानेकुराहरु खान आवश्यक छ।
नेपाली खाद्य स्रोतहरु:
१ जिङक: गहुँ, चना, मुसुरो,भटमास, तील काजु, सुर्यमुखीको वियाँ, कन्ने च्याउ, पात च्याउ, अण्डा
२ सेलेनिम: कोदो,आँटा,चना,मुङ्ग दाल, मुसुरो, ठुलो, केराउ, चुकन्दर, चम्सुर र विया, तील,तोरी आदी
३ लौह तत्व: लट्टे दाना, चिउरा, मकै, आँटा, गहत, मस्याङ्ग, मुसुरो,राज्मा, भटमास, हरियो सागपात, इमली, जाइफल, धनिया दाना ,जिरा दाना, बेसार ,चम्सुर विया
४ तामा : काजु,कागजी,बदाम,तील,सुर्यमुदी बियो ओखर,मरिच, धनिया वियाँ,जिरा दाना , मेथी दाना, रहर दाल, भटमास, मुङ्ग
५ फोलेट्स : मकै कालो दाल बोडी सुकेको, सिमी सुकेको , मुसुरो मस्याङ्ग, राज्मा रहरको दाल भटमास लसुन सुकेको, नेथी दाना, जाइफल पिपलि कागजी, बदाम, ठुलो बदाम, काजु, काचो नरिवल, चम्सुर वियाँ,तील सानो बदाम, आलस, पेस्ता, सूर्यमुखी बियाँ ओखर, पनिर, खुवा, अण्डा, कुरीलो
६ भिटामिन बी छ : लट्टे दाना, जौ चना,कालो दाल मुसुरो, रहर भटमास, सिमी, रामतोरिया, तरुल, हरियो खुर्सानी,करी पत्ता, नेथी दाना पिपली, तील, पेस्तो,सूर्यमुखी वियाँ ओखर सख्खर।
७ भिटामिन सी : हरियो मकै,लट्टेको साग, गेडागुडी को टुसो, काउलीको पात, कर्कलो सजिवन, मेची साग,गौठ गोवी,साग बुकचौइ , भेडे खुर्सानी ,आँप अमला, सुन्तला, अम्वा, कागती,इमली,आरु, स्ट्रेवेरी हरियो खुर्सानी
८ भिटामीन ई : मिलमा कुटेको चामल, खैरो चामल, गँहु, सुकेको बोडी ,सिमी, मस्याङ्ग, रहरको दाल, तोरी साग फसिँको मुन्टा, पालुंगो ,रामतोरिया हरियो आँप, हरियो प्याज, पाकेको फर्सी, भुईकटहर आरुवखर, हरियो धनीया, अलैचि, लवाङ्ग, धनिया, जीरा, सुकेको जाइफल,बेसार ,ठुलो बदाम, सुकेको नरिवल ,चम्सुर,वियो , पेस्ता , सफोला वियो, सूर्यमुखी वियाँ ओखर, अण्डा,कुखुरोको मासु, माछा आदी हुन् ।
यी खानेकुरा आफनो दैनिक खानामा समावेश गरी कोभिड-१९ मात्रै हैन अन्य रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ । जुन खानेकुरा प्रायजसो हामी सबैका भान्सामा हुन्छन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा