२४ घण्टामा २ हजार ३ सय ६७ जनाको परीक्षण, ८७ जना आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाको आशंकामा गत २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमुना परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सो कुराको जानकारी दिएको हो । बुधबार मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले गत २४ घण्टामा २ हजार ३ सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको बताए।
यसैगरी हालसम्म पीसीआर विधिमार्फत ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको र ४५ हजार ६ सय ६५ जनाको आरडीटी विधिमार्फत परीक्षण गरिएको पनि उनले जानकारी दिए ।
उनले आज पर्साका एक जना र वाराका दुई जना पुरुषमा कोरोना पोजेटिभ पाइएपछि संक्रमितको संख्या ५७ पुगेको बताए । आज पुष्टि भएका तीनै जना संक्रमितको नारायणी अस्पतलालको आइसोलेसनमा उपचार भइरहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ९ सय १ जना रहेको बताइएको छ । उता आइसोलेसनमा बसेकाको संख्या ८७ रहेको छ । उपत्यकामा ४ जना र उपत्यका बाहिर ८३ जना रहेको बताइएको छ ।
नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम