बेलायती राजकुमार चार्ल्सलाई कोरोना संक्रमण
बेलायतका राजकुमार चार्ल्सलाई कोरोना संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्वाब परीक्षणबाट राजकुमार चार्ल्सलाई कोरोना पोजेटिभ देखिएको हो।
क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ। उनकी पत्नी ७२ वर्षीया डचिस क्यामिल्लालाई पनि परीक्षण गरिएको छ। तर उनमा भने भाइरस भएको देखिएन।
अहिले चार्ल्सको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ। चार्ल्स र क्यामिल्ला दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर क्वारेन्टाइनमा रहेको क्लारेन्स हाउसले बताएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम