भरतपुरमा आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब काठमाडौं पठाइयो
हेल्थ टिभी अनलाइन \चितवन: चितवनको भरतपुरमा आइसोलेसनमा राखेर उपचार गरिरहेका एक युवकको मृत्यु भएको छ । वीरगंज निवासी ३० वर्षीय उनको आज बिहान साढे ९ बजे मृत्यु भएको उपचारमा सलंग्न डा भोजराज अधिकारीले बताए ।
उनले भने, ‘उहाँलाई उच्च ज्वरो र खोकी भएकाले दुई दिन अघि भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरेका हौं तर कोरोनाले मृत्यु भएको भन्ने प्रमाणित भएको छैन । उहाँमा मिर्गौलामा गम्भीर समस्या थियो ।’
डा अधिकारीले कोरोनाको आशंकामा मृतकको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको पनि जानकारी दिए । सोमबार संकलन गरिएको स्वाबको रिपोर्ट आज साँझ सम्म आउने र त्यसपछि मात्र भन्न सकिने जनाए । दुई दिन अघि उनी त्यहाँ भर्ना भएको बताइएको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम