भरतपुरमा आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु, कोरोनाको आशंकामा स्वाब काठमाडौं पठाइयो
हेल्थ टिभी अनलाइन \चितवन: चितवनको भरतपुरमा आइसोलेसनमा राखेर उपचार गरिरहेका एक युवकको मृत्यु भएको छ । वीरगंज निवासी ३० वर्षीय उनको आज बिहान साढे ९ बजे मृत्यु भएको उपचारमा सलंग्न डा भोजराज अधिकारीले बताए ।
उनले भने, ‘उहाँलाई उच्च ज्वरो र खोकी भएकाले दुई दिन अघि भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना गरेका हौं तर कोरोनाले मृत्यु भएको भन्ने प्रमाणित भएको छैन । उहाँमा मिर्गौलामा गम्भीर समस्या थियो ।’
डा अधिकारीले कोरोनाको आशंकामा मृतकको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको पनि जानकारी दिए । सोमबार संकलन गरिएको स्वाबको रिपोर्ट आज साँझ सम्म आउने र त्यसपछि मात्र भन्न सकिने जनाए । दुई दिन अघि उनी त्यहाँ भर्ना भएको बताइएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने