‘अधिकांश फाेहाेर तरकारी र मासुजन्य वस्तुबाट’
काठमाडौं : वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको प्रमुख कारण रहेको बताएका छन्। मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आयोजना गरेको वातावरण अनुगमनको कानुनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालिममा सहसचिव ढकालले यस्तो बताएका हुन्।
‘काठमाडौंमा खेती गर्ने जग्गा छैन, तरकारी, मासुलगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य वस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ’ उनले भने, ‘ती सामग्रीबाट निस्कने फोहाेरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खानयोग्यलाई मात्र काठमाडाैं ल्याउनुपर्छ।’
वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने धारणा राखे। खाद्य सामग्रीसँगै आउने फोहाेर बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्ने उनकाे तर्क छ।
उपत्यकाबाट दैनिक बाह्र सय र काठमाडौं महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ। तीमध्ये ६० प्रतिशत कुहिने फोहर हुने अनुमान छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’