कोरोनाविरुद्ध आईएफसीद्वारा थप १४ बिलियन डलर सहायता घोषणा
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ।
बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को निर्देशक समितिले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर परिचालन गर्ने जनाएको छ।
प्रभावित मुलुक र त्यहाँका कम्पनीहरूलाई द्रुत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता रकम घोषणा गरेको विश्व बैंकले जनाएको छ। यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि कदम चालिनेछ।
प्रभावित मुलुकहरूमा स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गर्ने विश्व बैंकले जानकारी दिएको छ। यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर सहायता रकम घोषणा गरेको थियो।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै