कोरोनाविरुद्ध आईएफसीद्वारा थप १४ बिलियन डलर सहायता घोषणा
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ।
बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को निर्देशक समितिले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर परिचालन गर्ने जनाएको छ।
प्रभावित मुलुक र त्यहाँका कम्पनीहरूलाई द्रुत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता रकम घोषणा गरेको विश्व बैंकले जनाएको छ। यो सहायता परिचानमार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि कदम चालिनेछ।
प्रभावित मुलुकहरूमा स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गर्ने विश्व बैंकले जानकारी दिएको छ। यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर सहायता रकम घोषणा गरेको थियो।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम