काेराेना संक्रमणकाे त्रासले ताजमहल बन्द
भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ।
कोरोना भाइरस संक्रमणको त्रासले उत्तर प्रदेश राज्यस्थित प्रसिद्ध स्मारक ताजमहल अहिले बन्द गर्नुपर्ने अवस्था आएको संस्कृति मन्त्रायलले जनाएको छ। प्रत्येक दिन सरदर ७० हजार पर्यटक ताजमहल पुग्ने गरेको बताइन्छ।
महामारी फैलिन नदिन सरकारले अन्य ऐतिहासिक स्थल तथा सङ्ग्रहालय पनि बन्द गरेको छ।
संस्कृतिमन्त्री प्रह्लाद पटेलले ती स्थान मार्च ३१ सम्म बन्द रहने र त्यसपछि समीक्षा गरेर के गर्ने भन्ने निर्णय लिने बताए।
सरकारले शैक्षिक संस्था, सपिङ मल, रेस्टुराँ तथा धार्मिकस्थल जान र सार्वजनिक कार्यक्रम गर्न रोक लगाएपछि भारतका विभिन्न स्थानमा बन्दको जस्तै स्थिति देखिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित