Health TV Online
Health TV Online
Health TV Online

गलत ‘रिपोर्ट’ दिए तीन वर्ष कैद

गलत ‘रिपोर्ट’ दिए तीन वर्ष कैद

काठमाडौं : स्वास्थ्य परीक्षणका क्रममा गलत रिपोर्ट दिए तीन वर्ष कैद हुने भएको छ। शुक्रबारदेखि लागू हुन लागेको मुलुकी अपराध (संहिता) ऐन २०७४ मा संहिताको दफा २३८ परीक्षणको झुटो प्रतिवेदन दिन नहुने उल्लेख छ।

उपदफा १ मा भनिएको छ, ‘कानुनबमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन।’

यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उपदफा २ मा बताइएको छ।

उपदफा ३ मा भनिएको छ, ‘उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अंगभंग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ।’

उपदफा ४ मा  उपदफा ३ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अंगभंग भएको भए अंगभंग गरे सरह सजाय हुने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा