काेराेनाकाे त्रास : इटाली र इरानबाट २२० भारतीयको उद्धार
कोरोना भाइरस संक्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको छ।
संक्रमण फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० जनालाई भारतको एयर इण्डिया विमानबाट नयाँ दिल्ली ल्याइएको हो। उनीहरू आइतबार बिहान नयाँ दिल्ली आइपुगेका हुन्।
भारतीय विदेशमन्त्री भी. मुरलीधरनले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरेको बताए। विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताएका छन्।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो।
इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन्। दुईवटा एयर इण्डिया उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ।
यसैबीच, भारतमा संक्रमितको संख्या ९३ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा